एनसिसि नाइजेरिया द्वारा अफ्रिकाका सुस्त मनस्थितिका विद्यार्थीहरुलाई सहयोग प्रदान

Published On: Saturday, January 20, 2018 | Source: NRNA NIGERIA

लेगोस, नाइजेरिया ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरिया द्वारा २० जनवरी २०१८ का दिन लेगोसको याबा स्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा संघका तर्फबाट विद्यार्थीहरुलाई खाधान्न लत्ता कपडा लगायतका  सामाग्रीहरु एक बिशेष कार्यक्रम बिच स्कुलका प्रीन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरिएको छ ।

संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम कर्मभूमिमा परोपकारी कार्यमा पहिलो चोटि सहयोग प्रदान गरेको हो । 

कार्यक्रममा संघका अन्तराष्ट्रिय समन्वय परिषदका हिक्मत थापा, एनसिसि नाइजेरिया अध्यक्ष जनक बिष्ट, क्षेत्रीय महिला उपसंयोजक मन थापा, आइसिसी सदस्य चिरञ्जीवी रोका, उपाध्यक्षहरु उर्मिला रोका र बिश्वास पौडेल, महासचिब रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, महिला संयोजक अन्जु पौडेल, सदस्यहरु दुर्गा बिष्ट, आशा सरकार लगाएतको उपस्थिती रहेको थियो ।

सन् १९६० मा स्थपित उक्त स्कुलमा ४५० जना सुस्त मनस्थितिका बिद्यार्थीहरु आवासीय रुपमा अध्ययनरत छन ।

 

राष्ट्रिय समन्वय परिषद नाईजेरिया ।