एनआरएनए नाइजेरियाको नयाँ अध्यक्षमा बिश्वास पौडेल

Published On: Sunday, December 9, 2018 | Source: NRNA NIGERIA
लेगोस नाइजेरिया ।
 
गैर आवासीय नेपाली संघ नाइजेरियाको राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा विश्वास पौडेल नियुक्त हुनुभएको छ । एन सि सि नाइजेरियाका बर्तमान अध्यक्ष जनक बिष्ट नाइजेरिया छाडी नेपाल बसाइ सर्न लाग्नुभएकोले बाकी कार्यकालको लागी विश्वास पौडेललाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यस अघि संघको उपाध्यक्षको रुपमा काम गरिसक्नु भएको छ । एन. सि.सि. नाइजेरियाका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा अन्तर्राष्ट्रिय समन्वय सिमितिका कोषध्यक्ष हिक्मत थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिती थियो ।
 
सो बैठकले यही डिसेम्बर २९–३०, २०१८ मा युगान्डाको कम्पलामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाच सय सहयोग गर्ने निर्णय गरेको छ । त्यसै गरि एनआरएनए अन्तर्राष्ट्रिय समितीले सम्पन्न गर्न लागेको जानकी मन्दिर, उज्यालो परियोजनाका लागि नाइजेरिया बाट सहयोग जुटाउन सचिब अभिषेक मान सिंहलाई संयोजक तोकिएको छ ।यसका साथै यस अघि एनआरएनएको अन्तर्राष्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली ,मकवानपुर , खोटाङ , सुनसरी र रसुवामा पाँच वटा जिल्लामा परियोजना सम्पन्न गरिसकेको एनसीसीले अब छैटौं परियोजना नेपालको अर्को नयाँ जिल्लामा यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरेको छ ।